बाक्सिला रनिङ गोल्डकप दशौँ संस्करण चैत्रमा

कोशी कुमार राई,
खोटाङ, फागुन १९

जिल्लाकै सर्वाधिक धनराशी भएको बाक्सिला रनिङ गोल्डकप चैत्रमा हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिंदै आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा दशौं संस्करण हुने भएको हो ।

केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा हुने गोल्डकपमा स्थानीय १२ जना र अन्य चार जनाले प्रतियोगितामा सहभागिता जनाउन पाइने आइतबार दिक्तेलमा पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५१० रुपैयाँ र उपविजेताले ७५ हजार १० रुपैयाँ प्राप्त गर्नेछन् । सान्त्वना दुइ टिमले १५÷१५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट स्ट्राईकर, मिडफिल्डर, डिफेण्डर, गोलरक्षक, हाइस्कोरर र अनुशासित टिमलाई ५÷५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

टिम दर्ता आगामीचैत्र १४ गतेसम्म खुल्ला भएको समेत बाक्सिला फुटबल क्लबले जनाएको छ । चैत्र १५ गते पुनः दिक्तेलमा पत्रकार सम्मेलन गरी टाइसिट सार्वजनिक गरिनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु