बाक्सिला गोल्डकपमा आयोजक च्याम्पीयन

दिलिप खत्रि
खोटाङ फागुन २५

खोटाङको केपीलासगढी गाउँपालिकामा आयोजित ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’मा आयोजक च्याम्पीयन बनेको छ । आईतबार सम्पन्न फाईनल खेलमा सोल्मा स्पोर्टस् क्लवलाई पछि पार्दै आयोजक बाक्सिला फूटबल क्लव विजेता बनेको हो ।

पृथ्वी मावि बाक्सिलाको खेलमैदानमा आयोजना गरिएको खेलमा ० का विरुद्ध २ गोल गर्दै आयोजक च्याम्पीयन बनेको हो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा जर्सी नम्बर ११ का सुसन तामाङले गोल गर्दै बाक्सिला फूटबल क्लवका लागि खाता खोलेका थिए । यस्तै, मध्यन्तरपछि जर्सी नम्बर ८ का सौरभ कामीले एक गोल थपेर टिमलाई अग्रता दिलाएका थिए । पराजित भएसँगै सोल्मा स्पोर्टस् क्लव उपविजेता बनेको छ ।


वाक्सिला रनिङ गोल्ड कपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईन लिस्टले २० हजार ११ रुपैयाँ पाएका छन् । प्रतियोगीताका बेष्ट प्लेयर र सर्वा्धिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । पुरस्कार प्रदेश सभा सांसद राजन राईले प्रदान गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!