बजार क्षेत्रमा जथाभावि पार्किङ गर्ने सवारी साधनलाई कडाई

सोलुखुम्वु,२१ असोज ।
बजार क्षेत्रमा जथाभावि पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरी सोलुखुम्ँबुले कडाईका साथ कार्बाहि थालेको छ । सल्लेरी बसपार्क अस्थाई रुपमा सन्चालनमा आएसँगै ट्राफिक प्रहरीले सवारी साधनलाई बजार क्षेत्रमा पार्किङ गर्न रोक लगाएको छ । तर यातायात व्यवसायिहरुले वसपार्क बन्दा समेत अझै जथाभावि पार्किङ गर्ने गरेका छन् । बसपार्क हुँदाहुँदै बजार क्षेत्र, घर अगाडी व्यवसायिहरुले पार्किङ गरेकाले सवारीलाई कार्बाहि सुरु गरीएको ट्राफिक प्रहरी सोलुखुम्ँबुका ईन्चार्ज वेदलाल गौतमले जानकारी दिनुभयो । बसपार्क सन्चालनमा आएदेखि अहिलेसम्म जम्मा २ सय ४५ सवारी कार्बाहिमा परेका छन् । २०७३ – फागुन – १६ गतेबाट बसपार्क सन्चालनमा आएको हो । पछिल्लो ७ महिनाको अवधिमा कार्बाहिमा परेका सवारीबाट १ लाख ३८ हजार राजश्व रकम संकलन गरीएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु