बजारमा ‘मन परेको जाले रुमाल’

सोलुखुम्बु । शनिबार पुर्वेलीपन सहितको लोक गीत ‘मन परेको जाले रुमाल’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा साहित्यकार सुवास संगम राईको लेखन तथा कृष्ण राईको भाका सृजनामा तयार भएको गीतमा कृष्ण राईले स्वर दिएका छन् ।

गाउँले ईन्टरटेन्टमेन्टको प्रस्तुतीमा आएको गीतमा पुर्वेली मौलिकतासंगै किराँति सभ्यतालाई पनि समाबेश गरिएको छ ।

केशव कोईरालाको निर्देशन रहेको भिडियोमा देवराज गुरुङ र रविता मगरले अभिनय गरेका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु