फ्रेण्डशिप युथ क्लब लुक्लाको माग बारे जिविसले सुनुाई गरेन

बिक्रम श्रेष्ठ सोलुखुम्बु, माघ १५ – फ्रेण्डशिप युथ क्लब लुक्लाको माग बारे जिल्ला बिकास समितिले अझै सुनुवाइ गरेको छैन । गत मंसिरमा आयोजना गरिएको हाइ अल्टीच्युट एभरेष्ट गोल्डकप प्रतियोगितामा भएको आधा खर्च जिबिसले बेहोर्ने भनिए पनि अहिले सम्म कुनै चासो नदिएको फ्रेण्डशिपको भनाइ छ । जिल्ला बिकास समिति मुख्य प्रायोजक रहने गरि कार्यक्रम संचालन गर्ने मौखिक समहति जिबिसले तोडेको फ्रेण्डशिप लुक्लाका अध्यक्ष नाम्गेल शेर्पाले बताउनुभयो ।

गत पौष ५ गते देखि माग सम्बोधनका लागि समय मागेको जिबिसले अहिले सम्म कुनै चासो नदिएको शेर्पाको भनाइ छ । पर्यटन प्रबद्धर्नात्मक हाइअल्टीच्युट खेल मैदानमा आयोजना गरिएको बृहत राशीको खेल कार्यक्रमलाइ पहिले सहयोग गर्ने बचन दिएको तर कार्यक्रम सम्पन्न हुदा समेत कुनै सहयोग नगरेको भन्दै क्लबका युवाहरु माग सम्बोधनको पर्खामा झण्डै एक महिना देखि सल्लेरीमा छन् ।

गएको मंसिर महिनाको २२ गतेबाट २८ गते सम्म फ्रेण्डशिप युथ क्लब लुक्लाले बृहत पुरस्कार राशीको फुटबल प्रतियोगिता गरेको थियो । यता स्थानिय बिकास अधिकारी महेश पराजुलीले भने दलहरुको बैठक बसेर मात्रै निकास दिन सकिने भन्दै आफुले पहल गरिरहेको दाबी गर्नुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!