फोर्चे गुम्बा पुर्ननिर्माण शुरु, स्थानीयको उत्साहजनक सहभागिता

हिमाल एफ एम,
सोलुखुम्बु, १३ श्रावण,

भुकम्पबाट क्षतिग्रस्त फोर्चे गुम्बाको पुर्ननिर्माण सुरू गरिएको छ ।

बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरको रूपमा रहेको फोर्चे ठाकरी छोलिङ गुम्बाको भुकम्प गएको ३ बर्षपछि पुर्ननिर्माण थालिएको छ ।

पुर्ननिर्माण गर्नको लागि खुम्बुपासाङल्हमू गाउँपालिकाबाट एक करोड ९ लाख, सगरमाथा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिबाट एक्काइस लाख साठी हजार र स्थानियबासीहरूबाट १८ लाख रकमवाट गुम्बाको पुर्ननिर्माण थालिएको गुम्बा पुर्ननिर्माण समिती अध्यक्ष ल्हाक्पानुरू शेर्पाले बताउनुभयो ।

गुम्बा पुर्ननिर्माण हुने भएपछि फोर्चेबासीहरू हर्षित भएको छ । बिगतमा अफ सिजनको समयमा काठमाण्डौ बसाई सर्ने गरेको स्थानियहरू यस बर्ष भने गाउमै बसेको र युवा देखि वृद्धाहरूसमेत निर्माण कार्यमा श्रमदान गर्न लागिरहेको पनि शेर्पाले बताउनुभयो ।

धार्मिक र पर्यटकिय हिसाबले निकै महत्व बोकेको ऐतिहासिक गुम्बाको निर्माण २०५२ सालमा भएको थियो ।

निर्माण सामाग्री ढुवानीमा समस्या

राजधानि देखि सामाग्री ढुवानी गर्दा प्रति केजी ३ सय देखि ५ सय सम्म लाग्ने गरेको छ ।

चालु बर्षको बजेटबाट गुम्बाको मुल भवन निर्माण गर्ने उद्देश्य राखिएपनि स्टिमेट अनुसार रकम अपुग रहेको र गुम्बाको देवाङ, मनिल्हाङ, डाईनिङ र किचन निर्माण जस्ता कार्यको लागि कुनै आर्थिक सहयोग नजुटेका गुम्बा पुर्ननिर्माण समिती अध्यक्ष ल्हाक्पानुरू शेर्पाले बताउनुभयो ।

तस्विर-खुम्बुपासाङल्हमु गाउँपालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पावाट

Comments

comments

सम्बन्धित शीर्षकहरु