फेरि जिते, राजु केसीले रनिङ शिल्ड प्रतियोगीता

सोलुखुम्बु । पाँचौ अर्ना रनिङशिल्ड दोहोरी गीत प्रतियोगिताको उपाधि राजु केसीको समूहले हात पारेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रतियोगीतामा नगरकोट दोहोरी साँझका केसीको समूह प्रथम हुदै रनिङ शिल्डको साथमा दुई लाख नगद पुरस्कार जित्न सफल भएको हो ।

प्रतियोगितामा नगरकोट दोहोरी साँझकै रविन लामीछानेको समूह द्धितिय भएको छन् भने रोल्पा कलाकार समाजका भीम पौडेल र प्रकाश पराजुलीको समूह तृतीय भएका छन् । द्धितीय हुने समूहले एक लाख हात पार्दा तृतीय भएका दुई समूहले ७०/७० हजार प्राप्त गरेका छन् ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको हातबाट पुरस्कार ग्रहण गर्दै गायक राजु केसी

पोखराका जीवन सिग्देल र काठमाण्डौंकी देवी आले सर्वोत्कृष्ट गायक गायिका भएका छन् । उनीहरुले १५/१५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा गामवेशी दोहोरी साँझ काठमाण्डौंका अर्जुन खड्का, काठमाण्डौंकै प्रकाश दुरा, धादिङकी अस्मिता डि.सि. र सिन्धुुपाल्चोककी कल्पना दाहाल उत्कृष्ट गायक गायिका भएका छन् । उनीहरुले ७ हजार पाँच सयका दरले पुरस्कृत भएका छन् ।

प्रतिष्ठान रुपन्देहीका बिक्रमबाबु बिश्वकर्मा, प्रतिष्ठान गुल्मीका उज्वल गिरी, शर्मिला बि.सीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । ‘मौलिक भेषभुषा सम्मान’बाट गायक बसन्त लम्साल र गायिक भूमिका गिरी सम्मानित भएका छन् ।

दोहोरी प्रतियोगीताकै ईतिहासमा बढि पुरस्कार रहेको रनिङ शिल्ड गत फागुन १९ बाट शुरु भएको प्रतियोगिताको शनिबार सम्पन्न गरिएको हो । सह–आयोजकको भूमिका दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले निर्वाह गरेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु