फिफा बरियतामा नेपाल ७ स्थान तल झर्‍यो

४ पुस, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ बरियताक्रममा नेपाल ७ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियता क्रममा नोल १ सय ७२ स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा थियो ।
नयाँ वरियता क्रममा दक्षिण एसिया (साग०का सबै देशको बरियता क्रम तल झरेको छ । ११ स्थान तल झरेर पनि अफगानिस्तान सागमा आवद्ध देशहरुमा शीर्ष स्थानमा छ ।
६ स्थान तल झरेको भारत १ सय ५४ स्थानमा आइपुगेको छ । माल्दिभ्स १ सय ६३ औं स्थानमा छ । माल्दिभ्स १४ स्थान तल झरेको हो । ८ स्थान तल झरेको बंगलादेश १ सय ६४ औं स्थानमा छ भने ३ स्थान तल झरेको श्रीलंका १ सय ६९ स्थानमा छ । पाकिस्तान नेपालभन्दा एक स्थान तल छ । ५ स्थान तल झरेको पाकिस्तान १ सय १७ औं नम्बरमा छ । भुटान २ सय ७ औं स्थानमा कायमै छ ।
फिफा बरियता क्रममा शीर्ष १८ देशमा कुनै परिर्वतन भएको छैन । स्पेन शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो, अर्जेन्टिना तेस्रो, कोलम्बिया चौथो र पोर्चुगल पाँथौं स्थानमा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु