फाप्लु विराटनगर उडानका लागि पहल भईरहेको सांसद राईको आश्वासन

हिमाल एफ.एम. सम्वाददाता
सोलुखुम्वुका प्रतिनिधि सभा सदस्य हेम कुमार राई शुरविरले प्रदेश नं १ संग सिधा सम्पर्क जोड्ने हवाई उडानका लागि पहल भई रहेको वताउनुभएको छ ।जनता लाई सेवा दिने कुरामा आफु निरन्तर लागेको भन्दै सांसद राईले जहाज अभावकै कारण उडान भर्ने कुरामा कठिनाई भएको वताउनुभयो ।निजि क्षेत्र संग पनि छलफल अगाडि वढाएको जानकारी दिदै राईले संभाव्यता अध्यन र यात्रुको चापलाई ध्यानमाराखि हिउद वाट उडान भर्ने विषयमा छलफल अगाडि वढाईएको वताउनुभयो । हप्तामा एक पटक उडानको लागि माग गरिएपनि नेपाल सरकार संग प्रयाप्त जहाज नभएकाले तत्काल त्यो पनि संभावना न्यन रहेकाले निजि क्षेत्र संग छलफल अघि वढाईएको हो । निजि क्षेत्रका एयरलाइन्सले प्रयाप्त यात्रु नपाईने होकि भन्नेमा आशंका व्यक्त गरेको भन्दै सांसद राईले सोहि विषयमा छलफल केन्द्रित रहेको वताउनुभएको छ ।यस अघि फाप्लु विराटनगर उडान भर्दै आएको नेपाल एयर लाईन्सले यात्रु अभाव देखाउदै उडान रोकेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु