फाप्लुका अग्नी पिडित गंगालाइ नाम्चेबाट ३८ हजार ६ सय

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, ३० असार
सोलुखुम्बुको फाप्लु स्थीत अग्नीपिडित गंगाबहादुर कटुवालको परिवारलाइ सहयोग जुट्न सुरु भएको छ । गत २८ गते आगोलागिमा परि घर सहित सबै धनमाल जलेर क्षति बेहोरेका कटुवालको परिवारलाइ पर्यटकिय नगरी नाम्चेबजारबाट ३८ हजार ६ सय रुपैयाँ संकलन भएको हो । उक्त रकम कटुवालको बैक खातामा जम्मा भइसकेको नाम्चेका समाजसेबी पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

पेम्बाग्याल्जेन शेर्पाले १० हजार रुपैयाँ, पेम्बा शेर्पाबाट १२ हजार, नाम्चेकै आङफिन्जो शेर्पाले ५ हजार, आङदावा शेर्पाले २ हजार, शशीलेखी शेर्पाले ३ हजार १ सय र पासाङ छिरिङ शेर्पाले ५ सय गरि जम्मा ३८ हजार ६ सय रुपैयाँ संकलन गरि एकमुष्ट सहयोग प्राप्त भएको हो । २८ गते दिउसो घरमा आगोलागि हुँदा उनको नगद सहित लत्ता कपडा लगेर सबै नष्ट भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु