पोष्टमार्टम गृह प्रयोग बिहीन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज ३

प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा निर्माण गरिएको पोष्टमार्टम गृह प्रयोग बिहीन भएको छ । आवश्यक सामाग्रीको अभावमा गत आर्थिक वर्षको पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत ५ लाख बजेटबाट निर्माण गरिएको भवन प्रयोगमा आउन नसकेको हो ।

पोष्टमार्टम गृह बनेपनि प्रयोगमा नआउँदा कोसि पारि सोताङ र महाकुलुङ गाउँपालिकाका नागरिकले हजारौ खर्च गरि सल्लेरी ल्याउदै आएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले पोष्टर्माटम गृह बनेपनि आवश्यक उपकरणको र जनशक्तिको व्यवस्थापन गर्ने काम भैरहेको बताउनुभयो ।

पोष्मार्टका लागि डाक्टरको व्यवस्थापनको काम भैरहेको संयोजक राईको भनाई छ । यता नेचासल्यान गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा निर्माण भएको पोष्टमार्टम गृहका लागि भवन निर्माण गरिएपनि गुणस्तरहिन भएको भन्दै प्रयोगमा ल्याईएको छेन । सो क्षेत्रका नागरिकले पोष्मार्टमका लागि सल्लेरी ल्याउदै आएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!