छेस्काम प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

हिमाल एफ.एम.
सोलुखुम्बु, जेठ २०
सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ । गए राति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जागर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लबमा ओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरी सकेकाले कब्जाको रणनिति असफलभएको उच्च स्रोतले जनाएको छ ।


माओबादीकार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी  हतियार सहित सुरक्षित स्थानमा गएकाथिए । प्रहरी र माओबादीकार्यकर्ताबीच भेट नभएको भएपनिमध्यान्न १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।


महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले वैठक चलिरहेकाले वैठक पछि मात्र सूचनादिने प्रतिक्रियादिए ।
प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो । थप विवरण आउनबाँकी छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु