प्रशासन सोलुको पत्रकार सम्मेलन – मासिक प्रगति सार्वजनिक

शिखर गजरकोटे
सोलुखुम्बु, ९ असोज

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन सोलुखुम्बुले नयाँ व्यवस्थापन शैली अपनाएको छ । सेवाग्राहीसंगको सम्बन्ध सुमधुर बनाउदै सेवालाई सरल र प्रभावकारी बनाउने द्येयले प्रशासनले भाद्र ११ गतेवाट सहायकता कक्ष संचालनमा ल्याएको छ भने, सेवा प्रवाह व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पत्रकार सम्मेलन गर्दै प्रशासनिक सेवा प्रवाहका लागि कार्यालयवाटै हुलाक टिकट वितरण, निरक्षर सेवाग्राहीको सहजताका लागि सिफारिस निवेदनको विकास र कार्यलयमा कार्यरत कर्मचारीको कार्यसम्पादन अभिबृद्धिका लागि स्टार आफ मन्थ कर्मचारी घोषणा गर्ने कार्यको शुरुवात गरेको बताउनुभयो । उहाँले सेवाग्राहीले सहजता महसुस गरेको र कार्यसम्पादन सरल र प्रभावकारी भएको प्रतिक्रिया पाएको बताउनुभयो ।

मासिक प्रगति सार्वजनिक गर्ने अभ्यासको शुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी थापाले सरकारी कार्यहरुमा हेल्प डेक्स स्थापना गर्न निर्देशन दिएको र कार्यलय प्रमुखहरु सहमत भएको बताउनुभयो । प्रशासनले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा गएको महिनामा बंशजको आधारमा १३९ वटा र कर्मचारीको परिवारलाई एक वटा नागरिकता वितरण गरिएको उल्लेख छ भने १८९ वटा प्रतिलिपि प्रदान गरिएको छ । त्यस्तै १९३ वटा राहदानी वितरण गरिएको र २१८ वटा राहदानी सिफारिस गरिएको छ ।

प्रशासनले भाद्र महिनामा २ लाखका दरले चट्याङवाट मृत्यू भएका परिवारलाई राहत रकम उपलब्ध गराएको छ भने चट्याङवाट घाईते भएका ४ जनालाई २५ हजारका दरले राहत उपलब्ध गराईएको छ । जिल्ला भित्रका बाढिपहिरो पिडित १८ परिवारलाई प्रतिपरिवार १० हजार उपलबध गराएको प्रशासनले जानकारी गराएको छ ।

कार्यालयले सीमा सुरक्षाका विषयमा ओलढुंङगा प्रशासन बीचमा भएको छलफल, विभिन्न दिवसको अबसरमा गरिएका सामाजिक क्रियाकलाप, आगामी निर्वाचन तथा चाडपर्वलाई दृष्ट्रिग तगर्दै निर्माण गरिएको सुरक्षा योजना, हाईड्रोको संरचना निर्माणको क्रममा प्रभावित साल्मेको समस्यालाई सहजीकरण लगायतका विषयलाई उपलब्धिको रुपमा सूचिकृत गरेको छ ।

पत्रकार सम्मेलनको क्रममा आगामी दिनमा गरिने कार्यहरु समेत सार्वजनिक गरिएको छ । हरेक ४ महिनाको अन्तरालमा स्थानीय तहमै पुगेर घुम्ति शिविर संचालन गर्ने र एकिकृत सार्वजनिक सुनुवाई गर्ने योजना निर्माण गरिएको छ भने हरेक सरकारी कार्यलयलाई पारदर्शीताका लागि सूचना र प्रविधिमैत्री बन्न निर्देशन जारी गरिसकिएको छ ।

पत्रकारहरुले मासिक प्रगति सार्वजनिक गर्ने कार्यको प्रशंशा गर्दै निरन्तरता र अन्य कार्यलयमा पनि अभ्यासको जरुरी रहेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नराम्रा कामको खबरदारी गर्न र राम्रा काममा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले भष्ट्राचारको सवालमा प्रशासन कार्यलय गम्भिर रहेको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु