प्रशासन परिसरमै कुटिए पेटी ठेकेदार, आफूले नकुटेको ठेकेदार श्रेष्ठको दाबी

सोलुखुम्बु, बैशाख ११

जिल्ला प्रशासन कार्यालय परिसरमा पेटी ठेकेदार कुटिएका छन् । सोमबार दिउँसो प्रशासन हातामा ठेकेरदारले आफूलाई कुटेको पेटी ठेकेदार टेक बहादुर थापाले बताए । पिडित थापाले ठेकेदार श्रेष्ठले निर्माणस्थलमा आफूमाथी मुक्का र काठको टुक्राले प्रहार गरेको बताएका छन् । पिडित थापाले जिल्ला अस्पताल फाप्लुमा उपचार गराईरहेका छन् । उनको खुट्टा र शरिरका केहि भागमा निलडाम देखिएको आफन्तले बताए । वान्ता समेत गरेका थापालाई स्लाईन पानी चढाईएको छ भने औषधिको प्रयोग गरिएको छ । प्रशासनको निर्माणाधिन भवनको काम गर्दै आएको श्रेष्ठले पेटी ठेकेदारको रुपमा थापालाई दिएका थिए ।

उता, ठेकेदार राज कुमार श्रेष्ठले भने आफूले हात नलगाएको प्रतिक्रिया दिए । कामको जिम्मेवारी लिएका थापा लामो समय काममा नआएपछि मुखले गाली गरेको तर आरोप लगाएजस्तो हातपात नगरेको श्रेष्ठको दाबी छ । पेटी ठेकेदार थापाले भने समयमा निर्माण सामाग्री नदिएको र तोकिएको भन्दा कम गुणस्तरको सामाग्री प्रयोग नगरम् भन्दा नमानेको झोकमा आक्रमण गरेको आरोप लगाएका छन् ।

झगडा साम्य पार्न प्रहरीको प्रयोग

सोमबार दिउँसो बाहिर हल्ला बढि आएपछि निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले तिन जना प्रहरी खटाएका थिईन् । उनले भनिन्, ‘चर्को हल्ला आएपछि प्रहरीलाई पठाएको थिए । तर आफूले भने देखिन् । म सेवाग्राहीकै काममा थिए ।’ पिडित र उनका आफन्त जाहेरी लिएर मंगलबार आएको र प्रहरी कार्यालयमा आवश्यक कार्यवाहीका लागि पठाएको नि.प्रजिअ शाहीले बताईन् ।

पिडितलाई मिल्न दबाब

पिडितले न्यायका लागि प्रहरी प्रशासन गुहारेपछि आरोपित पिडकले मिल्नका लागि दबाब दिएको पिडित थापाका आफन्तले बताएका छन् । आफूलाई अन्याय भएको महसुस गरेपछि न्यायका लागि सम्बन्धि निकाय गुहार्न थालेपछि पिडक पक्षबाट मिल्नका लागि दबाब आईरहेको थापाकी श्रीमतीले बताईन् । उजुरी नहाल्न र मिलेर जानका लागि दबाब सृजना भएको पिडितका एक आफन्तले बताए ।

थप उपचारका लागि रेफर

पिडितको उपचारमा खटिएका एक चिकित्सकले थप उपचारका लागि काठमाण्डौ रेफर गरेको बताए । ‘विरामीले टाउकोमा मुक्का प्रहार गरेको बताएको र पटक पटक वान्ता परेपछि सिटिस्क्यानका लागि राजधानी लैजानुस् भनेका छौ ।’ अस्पतालका एक चिकित्सकले भने ।

प्रशासनकै परिसरमा हातखुट्टा र काठको टुक्राले प्रहार गर्नुले हेवाहा प्रवृत्ति प्रष्ट देखिएको पिडित थापाका सालीले बताईन् । पैसाकै आडमा मिलेर जाँउ भनेको र आफ्नो पहूँच देखाउन खोजेको उनका आफन्तले बताए । आफूहरु कानुनी उपचारकै बाटो अघि बढ्ने मनस्थितीमा रहेको थापाकी श्रीमतीले बताईन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु