प्रयोग गर्दै आएको खानेपानी जानकारी बिनै अन्यत्र लैजान लागिएकोमा नेलेबासीको आपत्ती

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असार ७

आफूहरुले प्रयोग गर्दै आएको मुहानको पानी विना जानकारी अन्यत्र लान खोजिएको भन्दै थुलुङदुधकोशी गाँउपालिका १ नेलेका उपभोक्ताले आपत्ती जनाएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित थलथले मुहानबाट पिउने पानी उपभोग गर्दै आएपनि २०६४ साल देखिको उपभोक्तालाई जानकारी नदिई वडा नं २ काँगेल क्षेत्रमा पानी लैजान खोजेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।

 

नेलेका करिब ६० घरपरिवारले थलथले मुहानबाट पानीको उपभोग गर्दै आएका छन् । सोही पानीबाट पेल्टिक सेट र कुटानीपिसानी मिल संचालन गरिएको छ । अनुमति भन्दा बढि क्षमताको पाईपबाट पानी लैजाने तयारी गरेपछि उपभोक्ताहरुले विद्युत उत्पादन, मिल संचालन र पानी वितरणमा समस्या पर्ने कारण देखाउदै आपत्ती जनाएका हुन् ।

उपभोक्ताहरुले काँगेल क्षेत्रमा पानी लैजान नदिने बताएका छन् । उनीहरुले थुलुङ दुधकोशी गाउँपालिका, जिल्ला खानेपानी कार्यालयको समेत ध्यानाकर्षण गराईसकेका छन् । पुराना योजनालाई यथावत पानी दिने तर नयाँ योजनाका लागि पानी दिन नसक्ने उपभोक्ताको भनाई छ ।

 

२०६८ सालमा काँगेल खानेपानी उपभोक्ता समितिसंग ३२ एमएमको पाईपबाट पानी उपलब्ध गराउने सहमति भएको थियो । अहिले नयाँ योजनाका लागि विना जानकारी ६३ एमएमको पाईप विच्छ्याने काम भएको र उक्त काम नरोके आन्दोलनमा उत्रने भित्तेलुम्लेखोला विद्युत उपभोक्ता समितिका अध्यक्ष रमेश कट्वालले बताउनुभयो ।

उता, वडा नम्बर २ का वडाध्यक्ष उदयनारायण बस्नेतले प्रदेश सरकारबाट बिनियोजन भएको बजेटले खानेपानी योजना सञ्चालन भएका कारण असर पर्ने उपभोक्तालाई क्षति पुर्ति दिन पनि तयार रहेको बताउनुभएको छ ।

यद्यपि बस्नेतले बार्ताका माध्यमबाट विवाद सुल्झ्याउने बताउनुभएको छ । वडा कार्यालयले प्रदेश सरकारको क्रमागत योजना अनतरगत योजना संचालन गरि काँगेल एयरपोर्टमा एक लाख लिटरको टयाङकी राखेर वडाबासीलाई पानी वितरण गर्ने योजना बनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु