प्रपोज गर्दै यसरी सार्वजनिक गरे हमालले प्रेमिका

अन्तत लामो समयको अन्तरलापछि नायक राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराइलाई सार्वजनिक गरेका छन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै हमालले पहिलो पटक मिडियाको सामु प्रेमिका सार्वजनिक गरेका हुन् । यसअघि मिडियामा मधुका पुराना तस्बिरहरु मात्र आएका थिए । जुन उनले करिब १० बर्ष अघि खिचेकी थिइन् ।

आफ्नी आमाले बुहारीका लागि दिएको उपहार पनि हमालले कार्यक्रममा मधुलाई लगाइदिएका थिए । यस अवसरमा हमाल निक्कै भावूक देखिएका थिए । उनले यसलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षणको रुपमा परिभाषित गरे । पहिलो पटक मिडियाको फेस गरेका कारण पनि मधुमा लज्जा खुबै देखियो ।

आफन्त, साथीभाई र केही मिडियाका अघि हमालले प्रेमिकालाई सार्वजनिक गरेका हुन् । उनले सोही अवसरमा मधुलाई प्रपोज पनि गरेका थिए । हमालको प्रस्तावलाई मधुले सहर्ष स्विकार गरेकी थिइन् । ईन्गेजमेन्टलाई केही फरक बनाउन हमालले यो नयाा तरिका अपनाएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु