प्रधानमन्त्री स्थानीय चुनाव गर्न डराए : नेपाल

१२ चैत, जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री सुशील कोइराला स्थानीय चुनाव गर्न डराएको आरोप लगाएका छन् ।
जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भने-’चुनाव गराउने आँट कोइरालाजीमा छैन । म प्रधानमन्त्री भएको भए चुनाव भइसक्थ्यो ।’ कांग्रेस र एमाले एमाओवादीसहित अधिकांश दलले घोषणा पत्रमा छिट्टै स्थानीय निकायको चुनाव गराउने उल्लेख गरेको भन्दै उनले प्रधानमन्त्री किन अग्रसर देखिनु भएको छैन ? भनि प्रश्न गरेका छन् ।

संविधानसभा चुनावमा हारेकाले आउँदो चुनावमा साख डुब्ने डरले स्थानीय निकायको चुनाव नचाहेको भन्दै उनले भने-’एमाओवादी लगायतका दलहरुरुले नमाने पनि चुनावको मिति शिघ्र घोषणा गरिनुपर्छ ।’ चुनाव हुने वातावरण बने एमालेको घोषित जेठ २६ गतेको महाधिवेशन समेत सार्न आफुहरु तयार रहेको समेत नेता नेपालले बताए ।

पार्टीको अगामी महाधिवेशनले सक्षम, क्रान्तिकारी, नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने नेतृत्व छान्ने उनले बताए । त्यो व्यtmि तपाँइ कि झलनाथ जी ? भन्ने पत्रकारको प्रश्नमा उनले भने-’पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ता जे निर्णय गर्छ म मान्न तयार छु ।’ यद्यपि एमाले नेता नेपाले आफु नेतृत्वका लागि तयार रहेको बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!