प्रधानमन्त्री समक्ष हिमाली विकासको कुरा

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २७

संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ सहितको एक टोलीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट गरि हिमाली विकासको एजेण्डा राख्नुभएको छ ।

बुधबार आगामी चैत्र २ देखि ९ गतेसम्म सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा ५० शैयाको अस्पताल निर्माणार्थ महायज्ञ उद्घाटनमा प्रमुख अतिथीको निम्तो दिन पुगेका सांसद राई सहितको एक टोलीले हिमाली जिल्ला सोलुखुम्बुको विकासका एजेण्डा पनि राखिएको हो ।

प्रधानमन्त्री ओलीसंगको भेटमा सांसद राईले दुधकोशी करिडोरको कामलाई तिब्रता दिन माग गरे । उनले सल्लेरीबाट लुक्ला जोड्ने सडकको ट्रयाक खोल्ने र स्तरउन्नतीको काम अगाडी बढाउनआग्रह गरे । भेटमा प्रधानमन्त्री ओलीले सोलुको विकासको लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रतिबद्धता जनाए । सांसद राईले भने, ‘प्रधानमन्त्रीसमक्ष जिल्लाको विकासको कुरा राख्न पाउदा खुसि लागेको छ । यो भेटले जिल्लाको विकासको लागि खास अर्थ राख्ने छ ।’ उनले आफ्नो कार्यकालमा नागरिकले महसुस गर्ने किसिमवाट विकासका काम गर्ने बताए ।

टोलीमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, नेकपाका प्रदेश नं १ सदस्य धु्रव शर्मा पराजुली र रिर्पोटस् क्लबका प्रदेश संयोजक तथा हिमाल एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौला सहभागी थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!