प्रधानमन्त्री राजाभन्दा घमण्डी ः उदयशम्सेर राणा

 

नेपाली कांग्रेसका नेता उदयशम्सेर राणाले वर्तमान सरकार राजाभन्दा घमण्डी भएको बताएका छन् ।

खोटाङमा शुक्रबार कांग्रेसको राष्ट्रिय जागरण अभियानको समापन गर्दै कांग्रेस नेता राणाले प्रधानमन्त्री ओली सरकार राजा महेन्द्र र बिरेन्द्रभन्दा अहम र घमण्डी देखिएको बताएका हुन् ।

दिक्तेलको हेलीप्याडमा आयोजित कार्यक्रममा कांग्रेस नेता राणाले वर्तमान सरकार जत्तिको भ्रष्ट सरकार नेपालमा कहिल्यै नबेको दाबी गरे ।

उनले ३३ किलो सुन, वाईडबडी जहाज खरिद, बुढी गण्डकीको ठेक्का लगायतका काण्डमा सरकारले छानविन गर्न समेत नचाहेर आफ्नो भ्रष्ट अनुहार उदांग बनाएको आरोप लगाए ।

नेता राणाले स्थानीय सरकार नबनेसम्म प्रत्येक सांसदमार्फत वितरणका लागि २ करोड बिनियोजनको व्यवस्था गरिएको तर स्थानीय सरकार बनिसकेपछि कटौती हुनुपर्ने रकमको मात्रा उल्टै बढाएर ६ करोड पु¥याइएको भन्दै असन्तुष्टी जनाए ।

उनले वर्तमान सरकारले भएको बजेट खर्च नगर्ने तर विदेशबाट ऋण ल्याएर भत्तामा उँडाउनेगरी नयाँ बजेट ल्याएको आरोप लगाए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु