प्रधानमन्त्री दाहाल उच्चस्तरीय भेटवार्तामा व्यस्त

dddddddddकाठमाडौं, असोज ३० – ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

दुईपक्षीय भेटमा अवरुद्ध सार्क शिखर सम्मेलनबारे छलफल हुने बताइएको छ । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र हो ।

भारत र पाकिस्तानबीच काश्मिरको विषयमा तनाव बढेपछि अर्को महिना पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन स्थगित भएको सेरोफेरोमा नेपाल र भारतका प्रधामन्त्रीबीच यो विषयमा छलफल हुने अनुमान गरिएको हो ।

उता, प्रधानमन्त्री दाहालले शनिबार चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।

भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले नेपालमा गतबर्ष जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक एकता बलियो पार्न सुझाव दिएका छन् ।

विश्वका उदयमान अर्थतन्त्र भएको राष्ट्रहरुको समुह ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराएका थिए ।

शनिबारै प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच त्रिपक्षीय भेटवार्तासमेत भएको छ ।

भेटमा नेपाल, भारत र चीनको विशेष त्रिदेशीय साझेदारीको सन्र्दभमा समेत छलफल भएको बताईएको छ ।

चिनियाँ राष्ट्रपतिसँग करिब २० मिनेट ‘वान टु वान’ भेटवार्तापछि दाहाल, मोदी र जिनपिङबीच त्रिपक्षीय वार्ता भएको हो ।

सो अवसरमा चिनियाँ राष्ट्रपतिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु