प्रधानमन्त्रीलाई दाहालले भने-‘तरबार घाँटीमा झुन्ड्याएर वार्तामा नडाक्नुस्’

sushil-koirala-prachanda-final-imagekhabar11
हिमाल एफ एम – माघ १६ – प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर वार्तामा बस्न आग्रह गरेका छन् । संविधानसभा अध्यक्ष र सत्ताधारी दलहरुसँग वार्तामै नबस्ने अडानमा रहेका दाहाललाई दाहाल उनको लाजिम्पाटस्थित निवासमा भेट गरी प्रधानमन्त्री कोइरालाले वार्ताका लागि आग्रह गरेका हुन् ।

सहमति र एकताबाटै मुलुकले निकास पाउने भन्दै प्रधामन्त्री कोइरालाले वार्ताको लागि औपचारिक निम्तो दिएका थिए ।

जवाफमा दाहालले संविधान लेखनमा बहुमतीय प्रक्रियाको तरबार घाँटीमा झुन्ड्याएर वार्तामा बोलाउनुको अर्थ नभएको जवाफ दिएका थिए ।

दाहालले जनआन्दोलनका सहयात्री मिलेर संविधान जारी हुने विश्वासिलो वातावरण मिलाए मात्र वार्तामा बस्न सकिने जवाफ प्रधानमन्त्रीलाई दिएको एकीकृत माओवादीका सचिव वर्षमान पुनले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा दाहालले वार्ताका लागि सहमतिको प्रस्ताव ल्याउन समेत आग्रह गरेका थिए ।

सत्तापक्ष प्रक्रियाबाट संविधान जारी गर्ने खेलमा लागेको भन्दै एकीकृत माओवादी नेतृत्वको मोर्चाले वार्तामा नबस्ने अडान राख्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु