प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले बढीमा ५ सीट पाउने सम्भावना

हिमाल एफएम,२४ असोज ।

चुनावपछि पार्टी एकताकै घोषणा गर्ने भन्दै कार्यदल बनाएका एमाले–माओवादी नेताहरुवीच यतिबेला १६५ वटा निर्वाचन क्षेत्रमा कसरी भागवण्डा गर्ने भन्ने कोशिस जारी रहेको छ । प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले बढीमा ५ सीट पाउने सम्भावना देखिएको छ । यद्यपि उसले ८ सीटसम्म दाबी गरेको छ । प्रदेश १ का २८ सीटमध्ये झापामा १, मोरङमा २ र उदयपुरमा १ सीट माओवादीले पाउने लगभग निश्चित छ । माओवादीले सोलुखुम्बु, भोजपुर, खोटाङ र सुनसरीको एउटा सीटमा पनि दाबी गरेको छ । यीमध्ये बढीमा दुई सीट माओवादीलाई दिएर प्रदेशसभा बढी लिने गरी सहमतिको प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु