प्रदेश सरकारकोे अनुदान प्रति स्थानीय तह असन्तुष्ट

भानुभक्त निरौला
सोलुखुम्बु, ५ असार

१ नम्बर प्रदेश सरकारले अत्यन्तै न्युन प्रदेश अनुदान विनियोजन गरेको भन्दै स्थानीय तहहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । विकास निर्माणको सम्पूर्ण अभिभारा स्थानीय तहमा आउँदा समेत प्रदेश सरकारले स्थानीय तहलाई उपेक्षा गरि बजेट बिनियोजन गरेको भन्दै निर्वाचित प्रतिनिधिहरुले असन्तुष्टि ब्यक्त गरेका हुन् ।

प्रदेश सरकारले हरेक स्थानीय तहलाई साँढे ३३ लाख मात्रै समान्यिकरण अनुदान प्रदान गरे पछि स्थानीय तहमा असन्तुष्टि चुलिएको हो । प्रदेश सररकाले संघियताको मर्मलाई नबुझि बजेट विनियोजन गरेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाको भनाई छ । प्रदेश सरकारले स्थानीय तहको मजबुति भन्दा पनि खुद्रा मसिना योजना बाड्ने काम गरेको उहाँको आरोप छ ।

त्यस्तै सोलुखुम्बुकै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पनि आफ्नो गाउँपालिकालाई ३३ लाख ५९ हजार मात्रै अनुदान पठाएर हेपाहा प्रबृत्ति देखाएको बताउनु भयो । वडा कार्यालयको जति पनि बजेट नपठाउनु लज्जास्पद भएको अध्यक्ष राईको धारणा छ ।

प्रदेश सरकारले एक जना सांसदलाई २ करोड दिएको तर संरचना सहितको स्थानीय तहलाई उपेक्षा गरेको भन्दै आलोचना गरिएको हो । कतिपय स्थानीय तहले भने हालको प्रदेश सरकारले हिजोको सिंहदरबार जस्तो कनिका छराईमा टुक्रे योजना बाड्ने गरेको बताउन थालेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु