प्रदेश लोक गायनका लागि सोलुखुम्बुवाट विमला र ललित राई छनौट

शिखर गजरकोटे
सोलुखुम्बु, २९ फागुन

सोलुखुम्बुमा पहिलो पटक आयोजित जिल्लाव्यापी लोक गीत गायन प्रतियोगीतामा जुबकी विमला राई र सल्यानका ललित राई छनौट भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुको आयोजनामा गरिएको प्रतियोगीतामा विमला राई प्रथम हुदै नगद दश हजारको साथमा एउटक पुर्वेली लोक गीत रेर्कडिङको अबसर पाएका छन् । गीत रेर्कडिङको जिम्मा पुर्वेली जुनतारा म्यूजिक प्रालिले लिएको छ । त्यस्तै, ललित राई द्धितीय हुदै नगद ७ हजार प्राप्त गरेका छन् । राईद्धय प्रदेश स्तरिय लोक गीत गायन प्रतियोगीतामा समेत छनौट भएका छन् ।

प्रतियोगीतामा केरुङका राजेश बराईली तृतीय र सल्यानका भगवति प्रसाद निरौला सान्त्वना भएका छन् । उनीहरुले नगद ५ हजार र २५ सय प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रतिष्ठान केन्द्रका मानार्थ सदस्य धर्मराज पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विजी, केन्द्रिय सदस्य शिव हमाल, गायक तथा कुशल बाद्यबाधक दिपेन्द्र सिटौला समेत उपस्थिती रहेको थियो ।

केन्द्रिय निर्णय अनुसार सोलुखुम्बुमा पनि प्रतियोगीता आयोजना गरिएको र प्रतियोगीताले फरक किसिमको तरङ पैदा गरेको प्रतिष्ठान सोलुका अध्यक्ष शिखर गजरकोटेले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु