प्रदेश नम्बर २ निर्वाचनमा १०६ स्थानको मतपरिणाम सार्वजनिक, काँग्रेस शीर्षस्थानमा

..
..

हिमाल एफ.एम, ७ असोज ।
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १९ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् । पछिल्लो परिणामअनुसार महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विदुरकुमार कार्की विजयी भएका छन् ।

उपमेयरमा पनि माओवादीकै कृष्णकुमारी गौतम विजयी भइन । सर्लाहीको हरिऔन नगरपालिकाको मेयरमा नेकपा एमालेका गणेश प्रसाईं ६०५४ मत प्राप्त गरी विजयी भए । उपमेयरमा पनि एमालेकै रेणुका पौडेल ५९९८ मत प्राप्त गरी विजयी भइन । पर्साको जगनाथपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियाँ मन्सुरी ३४०१ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा संघीय समाजवादीकी बिस्मिल्लाह खातुन ३१४१ मत ल्याएर विजयी भएकी छन् । सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा राजपाका देवेन्द्रकुमार यादव ३९०२ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा राजपाकै अन्जना कुसहवा ४९७५ मत ल्याएर विजयी भइन । ५६६ मत प्राप्त गरी विजयी भइन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!