प्रदेश नं १ मा ५० स्थानीय तहको मोबाईल एप्स

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस १०,

प्रदेश नं १ का ५० स्थनीय तहले मोबाईल एप्स जारी गरेका छन् । नेपाल सरकार, सुचना तथा सञ्चार मन्त्रालयको कार्यक्रम अनुसार १३७ स्थानीय तहमध्ये ५० स्थानीय तहले एप्स संचालनमा ल्याएको हो ।

५ स्थानीय तहको एप्स जारी गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक स्थानीय तहलाई फरम्याट अनुसार सूचना तथा सामाग्री संकलनका लागि पत्रचार गरिएको प्रदेश नं १ का सूचना तथा प्रविधि विज्ञ निरज दाहालले जानकारी दिनुभयो । नेपाल सरकारले सूचना प्रविधिको पाटोलाई अब्बल बनाउन हरेक स्थानीय तहलाई वेवसाईट र मोबाईल एप्स निर्माणको काम निशुल्क गरिदिएको हो ।

सोलुखुम्बुका ८ मध्ये ३ स्थानीय तहले मात्र मोबाईल एप्स जारी गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाले एप्स संचालनमा ल्याएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!