प्रदेश अर्थमन्त्री आङबो सोलुखुम्बु आउदै

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन २६

प्रदेश नं १ का अर्थमन्त्री ईन्द्र आङबो सोमबार सल्लेरी आउने भएका छन् । फ्रेण्डसीप यूथ क्लबको आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित भलिबल प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा सहभागी बन्नका लागि अर्थमन्त्री आङबो सल्लेरी आउन लागेका हुन् ।

कार्यक्रममा सहभागी बन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु उपस्थिती हुनेछन् । जिल्लाकै सर्वाधिक धनराशीको भलिबल प्रतियोगीतामा दर्जन भन्दा बढि टिमको प्रतिस्प्रर्धा हुने खेल संयोजक नाम्गेल शेर्पाले बताए ।

प्रतियोगीताका विजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीय हुने २ लाख २२ हजार २२२ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र र तृतीयले एक लाख ११ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलका लागि अन्तरराष्ट्रिय रेफ्रि विकास गुरुङ सहितका राष्ट्रिय रेफ्रिहरुको उपस्थिती भईसकेको छ ।

  • सांस्कृतिक कार्यक्रम

बार्षिक उत्सबको अबसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ । विभिन्न विधाका ख्यातिप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

लोक गायकगायिका नवराज घोरासैनी र सीता थापाको साथमा दर्जनौ कलाकर्मीको आकर्षक प्रस्तुती रहने क्लबका अध्यक्ष महेश किरातीले बताए ।

  • फ्रेण्डसीप अवार्ड

बार्षिक उत्सबको अबसरमा क्लबले सफल व्यवसायी र विकासमूखि कार्यसम्पादन गरेका स्थानीय तहका प्रमुखलाई फ्रेण्डसीप अवार्ड प्रदान गरिनेछ ।

जिल्लामा रोजगारमूखि व्यवसायी गरिरहेका एक र ८ स्थानीय तहमध्ये डेढ बर्षे अवधिमा विकासका पुर्वाधार निर्माण गरेका एक स्थानीय तहलाई अवार्ड प्रदान गर्ने तयारीमा रहेको खेल संयोजक शेर्पाले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु