प्रदेशको न्वारान चैत्र भित्र – मुख्यमन्त्री राई

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र २

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चैत्र महिना भित्र नामाँकरण टुंग्याउने बताउनु भएको छ ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्रि राईले चैत्र मसान्तभित्रै सर्वसम्मत रुपमा नामाकरण र प्रदेशको केन्द्र ट्ंग्याउने बताउनु भएको हो ।

सरकार गठन भएको एक बर्ष वित्दा पनि नाम र केन्द्र टुंग्याउन नसकेर आलोचित बनेको प्रदेश सरकार जातिय आधारमा कि भौगोलिक आधारमा नामाकरण गर्ने भन्ने कुरामा अल्मलिएको छ ।

सगरमाथा, किराँत वा कोशी गरि ३ वटा नाममा प्रदेश सांसदहरु विभाजित भएका छन्् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु