प्रदेशको नाम सगरमाथा राख्न माग गर्दै मुख्यमन्त्रीलाई कलम उपहार

सोलुखुम्बु, भदौ २९


प्रदेश नम्बर १ को नामांकरण टुङ्गो लाग्न नसकिरहेका बेला नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सोलुखुम्बुले प्रदेशको नाम सगरमाथा राख्न माग गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यलयमा प्रदेशका मुख्यमन्त्री शेरधन राईका नाममा खुल्ला पत्र र कलम बुझाउँदै प्रदेश १ को नाम सगरमाथा राख्न माग गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीलाई बुझाएको नेविसंघका जिल्ला अध्यक्ष अश्विनबाबु थापाद्धारा हस्ताक्षरित पत्रमा निर्वाचन भएको तिन वर्ष बितिसक्दा पनि नामांकरण हुन नसक्नु लज्जास्पद भएको भन्दै प्रदेशका जिल्लाबासीलाई असर नपर्ने गरि प्रदेशको नाम सगरमाथा राख्न दबाब दिदै नेविसंघले कलम उपहार समेत पठाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा कांग्रेस नेता शुभराम बस्नेत लगायतको उपस्थिती रहेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले मुख्यमन्त्री कार्यालयमा पत्र र कलम पठाउने बताइन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!