प्रतिष्ठान सोलुको आयोजनामा तिज गीत प्रतियोगीता हुने

सोलुखुम्बु । हरितालिका तिजको अबसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सोलुखुम्बुले खुल्ला तिज गीत प्रतियोगीता गर्ने भएको छ ।

अघिल्लो बर्ष जस्तै नारीहरुलाई शुद्ध मनोरञ्जन दिने उद्देश्यका साथ भाद्र १९ गते तिज गीत प्रतियोगीता संचालन गर्न लागेको अध्यक्ष शिखर गजरकोटेले बताए ।

समसामयीक विषयमा तयार भएको गीतलाई प्रतियोगीतामा सहभागी बनाईने आयोजकले जनाएको छ । शिर्ष स्थान ओगट्न सफल प्रतियोगी समूहलाई क्रमश ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रम सल्लेरी स्थित जनजागृती आधारभूत विद्यालयको प्रांगणमा हुने बताईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु