प्रतिष्ठानको केन्द्रिय समितिले पुर्णता पायो, पुर्वी भेगका चार सल्लाहकार मनोनयन

logoशिखर गजरकोटे, सोलुखुम्बु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सदस्य तथा सल्लाहकार मनोनयन गरेको छ ।

विहिबार बसेको वैठकले चार जना पुरुष र एक जना महिला सदस्य मनोनयन गरेको हो । मनोनित हुने पुरुष कलाकारमा घनश्याम रिजाल, वैकुण्ठ महत, पुरुषोत्तम थापा र कृष्ण आँशु रहेका छन् भने महिला सदस्यमा सरला पाण्डे रहेकी छिन् ।

मनोनित सदस्य संगै प्रतिष्ठानको केन्द्रिय समितिले पुर्णता पाएको छ । विधान अनुसार ४५ जनाको केन्द्रिय समिति हुने भएपनि प्रदेश नं १ र ६ मा प्रादेशीक संयोजक तोक्ने प्रावधान नपुगेकाले ४३ सदस्यलाई नै पुर्ण समिति मानिएको अध्यक्ष बद्रि पंगेनीले बताए ।

यसैबीच, पूर्वीभेगका चार जना सल्लाहकार सदस्य मनोनयन गरिएको छ । मकवानपुरका ऋषिलाल श्रेष्ठ, रामेछापका रमेशबाबु श्रेष्ठ, नुवाकोटका उज्वल केसी र आरसी कोईरालालाई सल्लाहकारमा मनोनयन गरिएको हो । उनीहरुलाई प्रतिष्ठानको हितमा पु¥याएको योगदानलाई कदर गर्दै आगामी दिनमा गतिशिल बनाउन मनोनयन गरिएको बताईएको छ । ऋषिलाल श्रेष्ठले प्रतिष्ठानको संगठन विस्तारमा खलेको भूमिकालाई सम्मान गर्दै सल्लाहकारमा मनोनयन गरिएको र श्रेष्ठकै नेतृत्वमा पुर्व ताप्लेजुङ सम्म संगठन विस्तार गर्ने लक्ष्य राखेको अध्यक्ष पंगेनीले बताए ।

पुर्वी नेपालमा प्रतिष्ठानको संगठन विस्तारमा कमी देखिएको बेला पुर्वी भेगका चार सल्लाहकार मनोनयन गरेर पंगेनीकै कार्यकालमा संगठन विस्तारको लर्को लगाउने संकेत देखाईएको छ ।

केन्द्रि समितिको वैठक शुक्रबार पनि बस्नेछ । सो वैठकमा आगामी १३ गते खेल्न लागिएको देउसी भैलोको तयारी सम्बन्धमा छलफल हुने अध्यक्ष पंगेनीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु