प्रजिअ खनालले कार्यभार सम्हाले, भन्छन, ‘सुरक्षा व्यवस्था मजबुत बनाउछु’

हिमाल एफ एम,
सोलुखुम्बु, ७ मंसिर

सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यभार सम्हाल्नु भएको छ ।

यसअघिका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको सरुवा भएपछि आजै जिल्ला आउनुभएका प्रमुख जिल्ला अधिकारी खनालले कार्यभार सम्हाल्दै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने बताउनुभएको छ ।

विगतका घटना र संभावित घटनालाई विशलेषण गर्दै सुरक्षामा थप कडाई गर्ने बताउनुभएको हो । निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा कुनै शंका नर्गन समेत आग्रह गर्नुभयो ।

आमनागरिकले ढुक्कसंग मतदान गर्ने शान्तिपुर्ण वातावरण निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु