प्रचण्डले भेटे अनन्तलाई

पुस २२, २०७२- पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई अस्पतालमै भेटेका छन् ।

बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनलाई भेट्न दाहाल र उनकी धर्मपत्नी सिता, र सभामुख घर्ती बिहान साढे ११ बजे नेपाल एयरलाइन्सको जहाजबाट गएका थिए । सभामुख घर्ती पुनकी पत्नी हुन् ।

केही अघि पुनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो । त्यहाँ सन्तोषजनक प्रगति नभएपछि बैंकक लगिएको थियो ।

पुनले आफ्नो स्वास्थ्य सुधार भइरहेको बताए । ‘पाँच/सात दिन बस्नुपर्ला कि,’ पुनले अस्पतालको बेडबाटै कान्तिपुरसित भने, ‘छातीको इन्फेक्सनमा सुधार आएको छ ।’ उनका अनुसार बिहीबार चिकित्सक समूहले अध्यक्ष दाहालसँग सामूहिक छलफल गर्नेछ ।

सँगै रहेका सहयोगी चिकित्सक डा. चन्द्र घर्तीले पुनको वंशानुगत जण्डिस भएको बताए । उनले जण्डिस कम हुँदै गए पनि जिउमा घाउ खटिरा रहेको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु