प्रचण्डको फोन पनि उठाएनन् ओलीले

काठमाडौं, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच अहिले पानी बराबरको अवस्था छ । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भए यता यी दुई नेतावीच औपचारिक–अनौपचारिक भेटघाट त परै जाओस्, टेलिफोनमा समेत कुनै कुरा हुन सकेको छैन् ।

आफू नेतृत्वको सरकार काँग्रेससँग मिलेर ढालेको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै प्रचण्डलाई विदेशीको ईशारामा छौंडा नचाएको भन्ने आरोप लगाएका थिए । उनले प्रधानमन्त्री प्रचण्डको खुलेआम विरोध र आलोचनामात्रै होईन, सकेसम्म उनलाई प्रधानमन्त्रीबाट विस्थापित् गर्ने योजना समेत बुनेको स्रोतका दाबी छ ।

हालै भारत भ्रमण गरेका प्रधानमन्त्री प्रचण्डको कार्यशैली नै राष्ट्रिय हितविपरित भएको एमाले अध्यक्ष ओली र उनको पार्टीले आरोप लगाएको थियो । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले प्रचण्डलाई पूरै बेवास्ता गरेका थिए । त्यसयता उनले प्रचण्डसँग कुनै भेट नै गरेका थिएनन । तर प्रचण्ड भारत जानुअघि एमालेका बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु सँग सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा पुगी प्रचण्डलाई भेटेका थिए । त्यो पनि भारत भ्रमणको बेला राष्ट्रिय हित र स्वार्थलाई केन्द्रविन्दुमा राखेर भ्रमण गर्नु भन्ने ध्यानाकार्षणसहित ।

दशैंको मुखमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई शुभकामना दिनको लागि धेरै पटक फोन गरेको तर ओलीले उक्त फोनको कुनै रेस्पोन्स नै नगरेको बालकोट निकट स्रोतले जनायो ।

आफूलाई चुनाव गराउँन्जेलसम्म प्रधानमन्त्रीबाट नहटाउन पटक पटक प्रचण्डलाई आग्रह गरेका ओलीले उनको भनाई नै नसुनी प्रचण्डले काँग्रेसँग मिलेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको दिनदेखि अहिलेसम्म ओलीकोप्रचण्डप्रतिको रिस मरेको छैन् । स्रोतका अनुसार ओली प्रधानमन्त्री प्रचण्डलाई कुनै हालतमा सफल हुन नदिने पक्षमा छन् ।

त्यसको लागि उनले भित्रि रुपमा गृहकार्य नै थालिसकेका छन् । ओलीले प्रचण्ड सरकारको हनिमुन पिरियोड सकिएलगत्तै सरकारको विरुद्ध देशव्यापी अभियान थाल्ने समेत योजना गरिसकेको छन् । अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘प्रचण्ड सरकारको सय दिन त पुगोुस, हामी देखाईदिन्छौं, यो देशमा एमाले पार्टी पनि छ ।’

उता एमालेले संविधान संशोधनको लागि कुनै सहयोग नगर्ने समेत अडान लिएको छ । सरकारले संविधान संशोधन लगायत अन्य महत्वपूर्ण विषयमा एमालेलाई बेवास्ता गरेको एमालेको बुभाई छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्का अनुसार एमालेलाई अहिलेसम्म पनि सरकारले कुनै सल्लाह र सुझाव नै माँगेको छैन् ।

आईतबार नेपाली रेडियो नेटवर्कको नियमति कार्यक्रम ‘‘नेपाली बहस’’ का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपनेता नेम्बाङ्ले भने,‘हाम्रो अध्यक्ष कुरा गर्नै नचाहेको भन्ने कुरामा कुनै सत्यता छैन, तर प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नै गर्नुभएको छैन ।’ नेम्बाङ्ले प्रचण्डले आकस्मिक रुपमा सरकार परिवर्तन गरेर मात्रै समस्याको समाधान नहुनेवारे आफ्नो अध्यक्ष ओलीले त्यतिवेलै आपत्ति जनाएको उल्लेख गर्दै भने,‘त्यो रिस अहिलेसम्म पनि हाम्रो अध्यक्षलाई उठिरहेको छ ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!