प्रचण्डको चीनीयाँ राष्ट्रपतिसँग गोवामा हुने भेटको एजेण्डा तय

काठमाडौं, २६ असोज । आगामी असोज ३० गतेबाट भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनीयाँ राष्ट्रपति सि जिनपिंगको भेटवार्ताको लागि एजेण्डा बनाउन व्यस्त छन् ।

प्रधानमन्त्री दाहालको चिनियाा राष्टपतिसँगको भेट यतिवेला नेपाली राजनीतिमा समेत आकर्षण बनेको छ । हुन त यही असोजमा चिनियाँ राष्ट्रपति सिको नेपालको भ्रमण गर्ने तयारी भएपनि उक्त भ्रमण रद्द भएकाले गोवा सम्मेलन ताका प्रधानमन्त्री दाहाल र सिवीच भेटघाट हुँदैछ । नेपालको भ्रमण गर्ने भनिएको समयमा नै चिनियाा राष्ट्रपतिले बंगलादेश र कम्वोडिया भ्रमण गर्ने कार्यक्रम तय भैसकेको छ ।

सरकार परिवर्तनकै कारण चीनका राष्ट्रपतिको भ्रमण रद्द रहेको वुझाई रहिरहेको समयमा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे विशेष कुरा गर्नु र पहलकदमी लिनु पनि दाहालको लागि ठूलो चूनौति हो । उता चीनीयाँ पक्षले भने नेपालको तर्फबाट भ्रमणकोबारे पर्याप्त तयारी नभएकोले र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा चीनसँग भएको सम्झौताहरु कार्यान्वयन हुनेमा केही आशंकाहरु पैदा भएकोले राष्ट्रपतिको भ्रमण रद्द रहेको विश्लेषण निकालेको छ ।

यी आशंकाहरुलाई चिर्नुपर्ने प्रमुख चुनौति दाहालसामू रहेकोले यही अक्टोवगर १६ मा गोवामा हुने व्रिक्स सम्मेलनमा चीनीयाँ राष्ट्रपति जिनपिङ्सँगको भेटलाई कसरी उपयोग गर्ने भनेर यतिवेला आन्तरिक गृहकार्यमा जुटेका छन । प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवका अनुसार प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीनसँग चिसिएको सम्बन्धलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेर विज्ञहरुसँग सुझाव लिईरहेका छन् ।

त्यस्तै प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीका अनुसार ओलि नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयबारेमा प्रधानमन्त्री दाहालको विशेष कुराकानी हुनेछ । तर यता अन्य विश्लेषकहरु विगतका सहमति र सम्झौता कार्यान्वयन हुन्छ भनी छिटो भन्दा छिटो भ्रमणको मिति तय गर्नु दाहालका लागि फलामको चिउरा सरह हुने दाबी गर्छन् ।

प्रधानमन्त्री दाहाल ब्रिक्स सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत बिमेस्टेक देशका सरकार प्रमुखहरुलाई आयोजक राष्ट्र भारतले आमन्त्रण गरे अनुसार एक महिनाको अवधिमा पून ः दोस्रो पटक भारत भ्रमणमा जान लागेका छन् । दाहालको पहिलो चुनौति बिमेस्टेकलाई अगाडि बढाउने विषयमा नेपालको अवधारण स्पष्ट रुपमा प्रस्तुत गर्नु रहेको छ ।

सम्मेलनमा नेपाल लगायत ११ देशका सरकार प्रमुखहरुको सहभागिता रहनेछ । १५ अक्टोबरमा व्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको ब्रिक्स सम्मेलन भए पनि अक्टोवर १६ मा सो सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत वंगलादेश, भूटान, नेपाल, श्रीलंका म्यानमार र थाइल्याण्ड सम्मिलित बिमेस्टेक सहितको सम्मेलन हुनेछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!