प्रकाश सिंह कार्की भन्छन्, सिंह एक्लै लड्छ । जित्छ पनि, स्यालको मात्र झुण्ड हुन्छ (भिडियो सहित)

२०२० सालमा सोलुखुम्बु सल्यानमा जन्मिएका प्रकाश सिंह कार्की २०३३ सालदेखी नै नेपाल विद्यार्थी संघमा आबद्ध भइ नेपाली काङ्ग्रेसको राजनीति थालेका हुन् । पन्चायत शाशकको विरुद्ध ने बि संघ र काङ्ग्रेसको संगठन आन्दोलनमा होमिएको बेला जिल्लामा ने बि संघ र पार्टीको संगठन गर्न सहज थिएन तर पनि कुनै प्रतिक्रियावादीको वास्ता नगरी निरन्तर लागिरहे कार्की ।

२०४७ सालमा नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि भईसकेका कार्की अबिचलित रुपमा काङ्ग्रेसमा लागिरहे । काङ्ग्रेसको जिल्ला तहमा नेतृत्व लिदै नेपाली काङ्ग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको दुई कार्यकाल महासचिव हुँदै हाल विभिन्न काङ्ग्रेस निकट संघ सस्थामा निरन्तर कृयासिल हुँदै अहिले सोलुखुम्बु प्रदेशसभा क्षेत्र १ बाट नेपाली काङ्ग्रेसको उमेदवार बनेका छन् कार्की ।

प्रदेश निर्वाचन होमिएका कार्की कस्ता एजेण्डा लिएर जनताको घरआँगनमा जाँदैन् ? के नयाँ अनुहारलाई जनताले पत्याउलान् ? पैसाको भरमा उम्मेद्धार बनेका कार्की प्रतिको आरोप कति जाहेज छन् ? चुनाव जित्ने आधार के हुन ?

यी यावत् प्रश्नको जवाफ कांग्रेस उम्मेद्धार कार्कीवाट खोज्ने प्रयास गरेका छौ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु