पौडी खेल्ने क्रममा डुवेर दुई जनाको मृत्यु

 

खोटाङ जेठ १८
खोटाङमा पौडी खेल्ने क्रममा डुवेर दुई जनाको मृत्यु भएको छ । दिक्तेल प्राविधिक शिक्षालयबाट शनिवार बिहान शैक्षिक भ्रमणका लागि साप्सुकालिका हाइड्रोपावर पुगेका विद्यार्थी साप्सुखोला पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो ।

मृत्यु हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका १९ वर्षीय विक्रम भट्टराई र सोही ठाउँका १९ वर्षीय एलिश बस्नेत रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लाने तयारी भईरहेको प्रहरीको भनाई छ । मृतक दुवै जना शव ओभरसियरका विद्यार्थी हुन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु