पोर्न स्टार सन्नी लियोन नेपाल आउँदै

काठमाडौं- पोर्न स्टार सन्नी लियोन नेपाल आउने भएकी छन्। उनले ट्विटमार्फत् आइतबार आफू नेपाल आउन लागेको बताएकी छन्। भारतीय मूलकी क्यानेडियन पोर्न स्टारले पुजा भट्टको फिल्म ‘जिस्म २’बाट बलिउड प्रवेश गरेकी थिइन्। ‘आज नेपाल जाँदैछु,’ उनले ट्विटमा लेखेकी छन्, ‘केही कामपछि विश्राम गर्नेछु।’
बीग बोसमा आफ्नो छबि प्रस्तुत गरेर बलिउड यात्रा थालेकी उनको फिल्म ‘रागिनी एमएमएस २’ हालः सिनेमा हलमा प्रदर्शन भइरहेको छ। यसअघि उनले ‘सुट आउट एट वादाला’ र ‘ज्याकपटमा’ अभिनय गरिसकेकी छन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु