पोर्न फिल्मले नै मलाई चिनायो : सन्नी

‘रागिनी एमएमएस २’ को उत्साहजनक ओपनिङले बलिउड नायिका तथा पोर्न स्टार सन्नी लियोनी खुशी छिन् । भारतीय मिडियासँग कुरा गर्दै सन्नीले आफूलाई पोर्न मूभीले नै चिनाएको बताएकी छिन् ।

सन्नीले भनिन्, ‘मलाई एडल्ट फिल्म खेलेर कुनै पछुतो छैन । मलाई यही फिल्मले नै दर्शकमाझ चिनाएको हो । आज मेरो जती पनि फ्यान छन्, पोर्न फिल्मले नै गर्दा भएको हो ।’

‘बीग बोस’ जस्तो रियालिटी शोमा आफूलाई प्रस्ताव गरिनुको पछाडि पनि पोर्न फिल्मबाट नै पाएको सफलता हो’, सन्नी भन्छिन् । उनले आफूलाई आफ्नो पुरानो कामबाट मुल्यांकन नगर्न आग्रह गरेकी छिन् । ‘अमेरिकाकी सन्नी र भारत आएपछि परिवर्तन भएकी सन्नीमा फरक छ’, नायिका भन्छिन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु