पोखरेमा ‘क्रान्ति’ नायक थापाको शालिक बन्ने

हिमाल एफ.एम.,
सोलुखुम्बु, मंसिर ८

ओखलढुंगाको चिसङखुगढी गाउँपालिका २ पोखरेमा क्रान्ति नायक योग्य बहादुर थापा ‘कप्तान’को शालिक बन्ने भएको छ ।

पोखरेमा जन्मनुभएका थापालाई २००७ सालको क्रान्ति नायक मान्ने गरिन्छ । २०३१ साल पुस १ गते सोलुखुम्बुको टिम्बुरबोटे काण्डमा मारिनुभएका थापाको शालिक गाउँपालिकाको २५ लाख बजेटमा निर्माण गर्न लागिएको पोखरेका वडाअध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

हिमाल एफ एमसंग कुरा गर्दै वडाअध्यक्ष बस्नेतले साविकको गाविस भवन जिर्ण बन्दै गएकाले अर्को भवन निर्माण नहुदासम्म जिर्ण भवनकै बसेर वडाको कामकाज गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ७ आना जग्गामा २ कोठा र एउटा हल रहेको भवन जिर्ण बनेपछि स्थानीय संग नयाँ भवन बनाउन निशुल्क जग्गा माग गरिएको छ । निशुल्क जग्गाका लागि वडाले तेस्रो पटक सार्वजनिक सुचना जारी गरिसकेको छ ।

३४१ घरधुरी रहेको वडामा ३४ घरमा मात्र विद्युत बाल्न बाँकी रहेको र चालु बर्षमा नै केन्द्रिय प्रसारण लाईनको विद्युत बाल्ने वडा कार्यालयको तयारी छ । वडाका हरेक टोलमा चालु बर्षमै सडक संञ्जाल जोडिने भएकाले आगामी ध्यान सडकको स्तरउन्नतीमा जाने वडाअध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँले कृषि, स्वास्थ्य र शिक्षाको सुधार चुनौतिपुर्ण रहेकाले सुधारका लागि डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!