पोखरीमा डुबेर एक जनाको ज्यान गयो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, भदौ ६

सोलुखोला नजिकै जमेको पानी जमेको पोखरीमा नुहाउने क्रममा डुबेर तिङलाका एक व्यक्तिको ज्यान गएको छ ।

आज दिउँसो थुलुङदुधकोसि गाउँपालिका १ साँघुटारमा सोलुखोला किनारमा जमेको पानिमा नुहाउने क्रममा डुबेर सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलाका जसबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

३५ वर्षिय राई भर्खर पौडी खेल्न सिक्दै थिए । मृतकको सव पोष्मार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याईएको प्रहरी निरिक्षक उत्तम कार्किले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु