पोखरामा लोक कलाकार र पत्रकारबीच अन्तरक्रिया

सोलुखुम्बु । सुन्दर नगरी पोखरामा लोक कलाकार र पत्रकार बीच अन्तरक्रिया गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अन्चल कार्य समिति गण्डकीको आयोजनामा भएको कार्यक्रममा पत्रकारहरु सन्जय मल्ल, रन्जन अधिकारी, श्रीराम सिग्देल, सुरज श्रेष्ठ, मनोज घर्तिमगर, जैनव खातुक, दिपक परियार लगायतले लोक संस्कृति तथा गीतसंगीतमा देखा परेका समस्या तथा विचार राखेका थिए ।

17498537_1277032932386470_5206342321765464836_n

कास्की जिल्लाका समन्वय समितिका संयोजक बलराम ढकालको प्रमुख अतिथीमा भएको कार्यक्रममा वक्ताहरुको जित्रासा तथा प्रश्नहरुको जवाफ दोहारी गीत प्रतिष्ठानका केन्द्रिय पुर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने र वर्तमान कार्य समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विजीले दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई–पत्र प्रदान गरिएको थियो । प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकरविरही गुरुङको सभापतित्वमा भएको कार्यक्रममा दर्जनौ लोक क्षेत्र सम्बन्धित कलाकारको उपस्थिती रहेको थियो भने कार्यक्रम महासचिब सुरेन्द्र गुरुङले संचालन गरेका थिए ।

17457421_1277032759053154_3446336937294878416_n

लोक गीतसंगीतको गतिविधि तथा समाचार आमसञ्चारको माध्यम कम स्थान पाईरहेको बेला मोफसल तथा केन्द्रिय सञ्चारका माध्यममा लोक गीतलाई स्थान दिने सवालमा पनि अन्तरक्रिया तथा भेटघाट कार्यक्रमले सहयोग पु¥याउने आशा आयोजकले लिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!