पेल्माङको वडा कार्यालय उद्घाटन

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर १५

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका वडा नं २ पेल्माङको वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

शुक्रबार एक तले (४ कोठे) आरसिसि वडा कार्यालय भवनको प्रदेश सांसद उत्तम कुमार बस्नेतले उद्घाटन गरेका हुन् । वडाको २९ लाख ५८ हजारको लागतमा निर्माण गरिएको भवन प्रयोगमा आएपछि होटलको साधुँरो कोठामा वडाको कामकाज गर्नुपर्ने बाध्यता हटेको छ ।

वडाअध्यक्ष प्रदिप राईको फेसबुकवाट

भुकम्प प्रतिरोधात्मक, एल आकारमा निर्मित, चौतर्फी प्रशस्त खाली जग्गा भएको, कार्यक्रम तथा अन्य शिविरको लागि खुल्ला प्राङ्गण, वडा अध्यक्ष, वडा सचिब, प्राविधिक, सभा हल तथा उप–न्यायिक समितिको छुट्टाछुट्टै कोठो, एकै पटकमा २५० जनाभन्दा बढी बस्न सकिने सभा हल, व्यवस्थित शौचालय रहेको सुविधासम्पन्न भवनमा इन्टरनेट समेत जडान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रममा माहाकुलुङ गाउँपालिका अध्यक्ष सागर किँराती, ईलाका प्रशासन कार्यालय सोताङका प्रमुख विनोद गौतम लगायतको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!