पेन्टबल च्याम्पियनसिप हुने

हिमाल एफ एम चैत्र २७- यही चैत्र २९ र ३० गते दोस्रो रेडबुल अल्टिमेट पेन्टबल च्याम्पियनसिप हुने भएको छ । सानेपास्थित ब्याटलफिल्ड पेन्टबलको सञ्चालक कल्पवृक्ष प्रालिले आयोजना गर्न लागेको प्रतियोगिता ललितपुरस्थित एन्फा टेक्निकल सेन्टर च्यासलमा आयोजना हुनेछ । प्रतियोगिताको यो दोस्रो संस्करणमा ३२ टोलीले सहभागिता जनाउने आयोजकको दाबी छ । प्रतियोगिताको विजेता टोलीले ३५ हजार नगद तथा ट्रफी पुरस्कार प्राप्त गर्नेछ । राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक संस्थाले संखुवासभाको एक विद्यालयलाई २० हजार सहयोग समेत प्रदान गरेको छ । नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुको अटोग्राफसहितको फुटबलको लिलामीबाट उठेको २० हजार रुपैैयाँ विद्यालयलाई सहयोग गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु