पुलिस च्याम्पियन, झापालाई अन्तिम समयमा झड्का

111विराटनगर, फागुन १५ – विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

विराटनगरमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा झापा–११ लाई १–० ले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसलाई जिताउनेक्रममा खेलको ८७औं मिनेटमा अतिरिक्त खेलाडी भरत शाहले निर्णायक गोल गरे ।
/>
यसअघि दुबै टिमले गोल गर्ने केही अवसर खेरफालेका थिए ।

साविक विजेता झापाले सेमिफाइनलमा सशस्त्र प्रहरीलाई तथा पुलिसले मोरङ फुटबल क्लबलाई हराउँदै फाइनलमा ठाउँ बनाएका थिए ।

बंगलादेशको एक टिम अन्तिम समयमा नआउने घोषणा गरेपछि आयोजकले पुलिसलाई समावेश गरेको थियो ।

उपाधिसँगै पुलिसले पाँच लाख जित्दा उपविजेता झापाले तीन लाख रुपैयाँमै चित्त बुझाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु