पुर्वेली गीतमा ‘विहेका कुरा’

सोलुखुम्बु । मंसिर, लगनको महिना । यहि महिनामा धेरैको वैवाहिक सम्बन्ध गाँसिन्छ । कलाकर्मीले लगनकै अबसर पारेर पन्चेबाजाका गीत बजारमा ल्याईरहेका छन् । पश्चिमका भाकामा पन्चेबाजाको गीत सुन्न पाएपनि पुर्वेली गीतमा पन्चेबाजा गीत सुन्न विरलै पाईन्छ । पुर्वेली कलाकर्मीहरु आफ्नै भाकामा विहेका कुरा गर्छन् ।

लगनको महिनामा उमेर पुगेका छोराछोरीलाई घरपरिवारवाट विवाहको लागि दबाब पनि हुन्छ नै । यहि अवस्थामा आफूले मन पराएको मान्छेसंग विवाह गर्न कस्लाई मन हुदैन् । विवाहका लागि दबाब आएपछि ‘सोल्टी–सोल्टीनी’ कुरा पुर्वेली गीत ‘नाम पछाडी थर’मा समाबेश गरिएको छ । धेरै महिलालाई आफ्नो नाम पछाडी मन पराएको पुरुषको थर जोड्ने रहर पनि लाग्छ । यो रहरलाई पनि गीतले बोलेको छ ।

आकाशैमा गड्याङ गुडुङ डाँडैमाथी कुहिरो
बाउआमालाई छोरी माग्ने कुटुम्बको धुईरो
नाम पछाडी थर
कहिले हुन्छ सोल्टीज्यू, तिम्रो मेरो घर

तरकारीमा आलु राजा, फलफूल मिठो मेवा
मैले बैना मारेपछि तिमि मेरै पेवा
नाम पछाडी थर
छिट्टै हुन्छ सोल्टीनी, तिम्रो मेरो घर

शिखर गजरकोटेको मौलिक शब्द लेखन तथा शिवसंगम राईको पुर्वेली भाकामा प्रियजन राई र बिमला राईले स्वर दिएका छन् । गायिका राई २०७४ सालमा सोलुखुम्बुमा आयोजना गरिएको जिल्लाव्यापी लोक गीत गायन प्रतियोगीतामा प्रथम बनेकी थिईन् ।

गीत प्रकाशन पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.ले गरेको हो । कम्पनीका संचालक तथा गायक प्रियजन राईले पुर्वेली कलाकारलाई अघि बढाउन सहयोग गर्न पाउदा खुसि लागेको बताए । उनले भने, ‘पुर्वेली गीतमा लाग्ने कलाकारको कमी भईरहेको बेला पुर्वेली गीतको प्रकाशनमा सहयोग गरेका हौ ।’ उनले पुर्वेली लोक गीतको संरक्षणमा लागि रहने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु