पुर्बाञ्चलमा धानको उत्पादन १५ प्रतिशतले घट्ने

सोलुखुम्बु ।
index

देशकै धान उत्पादको मुख्य क्षेत्र मानिएको पुर्बाञ्चलमा यस बर्ष धानको उत्पादनमा कमि आउने भएको छ ।

कुल खेतियोग्य जमिन ५ लाख १३ हजार ८ सय १४ हेक्टर मध्ये यो क्षेत्रमा ७५ दशमलब ७४ प्रतिशत अर्थात ३ लाख ८९ हजार १ सय ८८ हेक्टर जमिनमा धान रोपाई भएको थियो । पुर्बाञ्चलमा यस बर्ष अघिल्लो बर्षको तुलनामा १५ प्रतिशत सम्मले उत्पादन घट्ने क्षेत्रिय कृर्षि निर्देशनालय बिराटनगरले अनुमान गरेको छ ।

गत बर्ष खेतियोग्य जमिन मध्ये करिब ८० प्रतिशत जमिनमा धान रोपाई गरिएको थियो । निर्देशनालयका अनुसार यस बर्ष तराई क्षेत्रमा ३ लाख ७५ हजार ४ सय ७६ हेक्टर जमिन मध्ये ७५ दशमलब ४४ अर्थात २ लाख ८२ हजार ९ सय ७६ हेक्टर जमिनमा मात्र धान रोपाई गरिएको थियो ।

त्यस्तै मध्य पहाडि क्षेत्रमा १ लाख १० हजार ४ सय १७ हेक्टर मध्ये ७४ दशमलब ७४ अर्थात ८२ हजार ५ सय २६ हेक्टर जमिनमा मात्रै रोपाई भएको थियो । त्यसैगरी हिमाली क्षेत्रको २७ हजार ९ सय २१ हेक्टर खेतियोगय क्षेत्रफल मध्ये ८४ दशमलब ८३ प्रतिशत अर्थात २३ हजार ६ सय ८६ हेक्टर जमिनमा रोपाई गरिएको क्षेत्रिय कृर्षि निर्देशनालय बिराटनगरका कृर्षि प्रसार अधिकृत नरेश पण्डितले जानकारी दिनुभयो ।

सिजनमा पानी नपुगेको तथा सिंचाईको पनि ब्यबस्था नभएको र धान खेतीमा बिभिन्न रोगहरु देखा परेकाले धानको उत्पादन घट्ने कार्यालयको अनुमान छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु