पुरुषको हत्या अभियोगमा तिन महिला कारागार चलान

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २४

सोलुखुम्बुमा एक पुरुषको हत्या गरेको घटनामा तीन जना महिलााई कारागार चलान गरिएको छ ।

माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा महिलाहरुलाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार देवेन्द्र ढकालले बताए । महिलाहरुले प्रहरीसंग गरेको कागजात, मृतकसंगको सम्बन्ध, कल डिटेल, अदालत समक्ष गरिएको बयानको आधारमा कारागार चलानका लागि उनले बताए ।

प्रतिकारात्मक तस्विर

पुर्पक्षका लागि कारागार चलान हुनेहरुमा ४० वर्षकी माया शेर्पा, ३५ वर्षकी कुमारी मगर र ३९ वर्षकी मनिका मगर रहेका छन् । उनीहरुलाई गत मंसिर २५ गते प्रहरीले प्रक्राउ गरेको थियो भने मंसिर ४ गते मृतक मगरको शव फेला परेको थियो ।

श्रेष्तेदार ढकालले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा तीनजना महिला मिलेर अमरको हत्या गरेको देखिएको छ । जिल्ला न्यायधिश नआउदासम्मका लागि कारागारमा राख्न भनिएको हो । न्यायधिश आउनासाथ फैसलाको प्रक्रिया अघि बढ्छ ।’ जिल्लामा कार्यरत न्यायधिश नारायण प्रसाद सुवेदीलाई सर्बोच्चमा काजमा तानेपछि फैसला प्रभावित बन्दै आएको श्रेष्तेदार ढकालले बताए ।

जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दामा दोषी देखिएका महिलालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । अनुसन्धानको क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए ।

अम्बरबहादुर मगर र कुमारी मगर बीचको सामान्य विवादलाई लिएर अम्बरबहादुरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अम्बरबहादुर गार्मा जाँदै गर्दा बाटोमा भेट भएको र सोही समयमा विवाद हुँदा तीन महिला मिलेर पुरुषको हत्या गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!