पुनःसंरचनाको विरोधमा सोलुखुम्बुका तिङलाबासी गरे यातायात ठप्प

downloadराधा ढुंगाना
सोलुखुम्बु, चैत्र ११ –

पुनःसंरचनाको विरोधमा सोलुखुम्बुका तिङलाबासीले यातायात ठप्प पारेका छन् ।

आफूहरु सोलुदुधकुण्ड नगरपालिकामा समाबेश हुन ईच्छुक भएपनि अपायक पर्ने नेचा सल्यान गाउँपालिकामा समाबेश गरिएको भन्दै सोलु काठामाडौ र तराईसम्म जोड्ने तिङला सडकखण्ड अनिश्चितकालिन बन्द गरेका हुन् । सो बन्दले गर्दा नेचा सल्यान क्षेत्रवाट सल्लेरी सम्मको यातायात ठप्प भएको छ भने राजधानी र तराई गुड्ने यातायातका साधन पनि अपलपत्रमा परेका छन् ।

विरामीहरुलाई समेत सडक पार गर्न नदिएपछि हेलिकप्टरवाट उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता पैदा भएको छ । सरकारले आफ्नो मागलाई पुरा नगरेसम्म बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिरहने आन्दोलन संघर्ष समितिका संयोजक बाल कुमार कार्कीले बताए ।

विहिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा धर्ना सहित नारावाजी गरेका तिंलाबासीले शुक्रबार (आज) बिहानैदेखि सोलुबाट छुट्ने कुनै पनि सावरी साधन छुट्न दिएका छैनन । तिंलालीहरुले रमितेबाट नै ओखलढुंगा तथा काठमाडौका लागी छुटेका जिप तथा निजि सवारी साधन समेत रोकेका छन् भने सावारी आवागमन रोक्न आन्दोलनकर्ताले सडकका विभिन्न भागमा रुख ढालेका छन् ।

यता प्रशासनले आन्दोलनकारीसंग छलफल गरि समाधान खोज्ने प्रयास जारी राखेको बताएको छ । बन्द खुलाउन गएको एक प्रहरीको टोली असफल प्रयास पछि फर्किएको प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसैबिच, आन्दोलनकारीले जिल्ला कृषि विकास कार्यलयको साना सिचाई कार्यक्रमको प्लाष्टिीक पाईप बोकेर सल्लेरी आउदै गरेको बा ३ ख ९४१ नम्बरको मिनि ट्रकको सिसा फुटाएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!