पार्टी भित्र शुद्धिकरण आवश्यक – कांग्रेस नेता सिंह

शिखर गजरकोटे
सोलुखुम्बु, ८ बैशाख

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शुद्धिकरण आवश्यक रहेको बताउनुभयो । नेपाल विद्यार्थी संघ सोलु–काठमाण्डौ सम्पर्क समितिको आयोजनामा पहिलो मुखपत्र ‘रुपान्तरण’ विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका कांग्रेस नेता सिंहले कांग्रेस विधान अनुसार चल्नुपर्नेमा जोड दिदै सुधारका लागि नेतातथा कार्यकर्ता तयार हुनुपर्ने बताउनुभयो ।

विकासको नाममा व्यापार

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बल बहादुर केसीले जनप्रतिनिधिले विकासको नाममा व्यापार गरिरहेको बताउनुभयो । सडक विस्तारको नाममा हरेक जनप्रतिनिधिले ठेक्कापट्ठा थालेको र जनतालाई लुट्ने काम गरेको आरोप केसिले लगाउनुभयो ।

जिल्ला देखि नगरपालिका र गाउँपािलकामा नेपाल शिक्षक महासंघमा निर्वाचित पदाधिकारी लाई सम्मान गरिएको कार्यक्रममा कांग्रेस सोलुखुम्बु सभापति विनोद बस्नेत, पुर्वजिल्ला सभापति प्रभुराम बस्नेत, नेता प्रकाश सिंहकार्की, नेविसंघका उपाध्यक्ष नविन राई र महासचिब सरोज थापालगायतको उपस्थिती रहेको थियो ।

हेमराज शर्माको सभापत्विमा सम्पन्न विमोचन तथा सम्मान कार्यक्रममा २०७४ सालमा बर्ष गीतकार बनेका सोलुखुम्बु लोखिमका सुवास संगम राई लगायतका व्यक्तित्वलाई सम्मान समेत गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु